बैतडी : चट्याङ लागेर गोरखामा एक जनाको ज्यान गएको छ । सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको हो । हिजो बेलुका घरमा बसिरहेका बेला चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएका थियो । तर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

By हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका सम्पादक हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *