बुधबार · २१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी पाटन महोत्सवको समय ३ दिन थपियो

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवको समय तीन दिन बढ्ने भएको छ।
  • बैशाख २ गतेबाट १० गतेसम्म सञ्चालन हुने महोत्सव तीन दिन थप गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरिष प्रशाद जोशीले बताए।
  • पछिल्ला दिनहरुमा दर्शक बढदै गएकाले समय बढाउने निर्णय भएको उनले बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवको समय तीन दिन बढ्ने भएको छ। बैशाख २ गतेबाट १० गतेसम्म सञ्चालन हुने महोत्सव तीन दिन थप गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरिष प्रशाद जोशीले बताए।

पछिल्ला दिनहरुमा दर्शक बढदै गएकाले समय बढाउने निर्णय भएको उनले बताए। सुदूरपश्चिम प्रदेश भित्रका कलाकारलाई यो ८ दिनमा बिशेष अतिथी कलाकारको रुपमा बोलाइएको भएपनि अबका दिनमा भने चर्चीत कालाकारहरु आउने कार्यक्रमतय भएको उनले बताए।

बैशाख १० गते भोली चर्चीत गायिका तथा मोडेल ज्योति मगर आउने भएकी छन्। भने ११ गते चत्र बम, १२ गते एलिना चौहान आउने छ भने १३ गते पल शाह ल्याउने बिषयमा छलफल जारी रहेको आयोजकले जनाएको छ।

आज देउडा गायक लालबहादुर थापा अछामी बडो लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेको थिए। भारतको कुमाउगडवालबाट मैलाली नगरपालिका घर भएका नारायण सोराडीले कलाकारको टिम लिएका थिए।

उनलेहरले नेपाली र कुमाउनी भाषाका संगीतहरु राखेका थिए भने विभिन्न मोडलहरुले नृत्य प्रस्तुत गरेका थिए। १० बजेबाट कृष्ण मावि खेलमैदान पाटनमा सञ्चालन हुने महोत्सव साझँ ६ः ३० सम्म सञ्चालन हुने गरेको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय सहितको सुरक्षा निकायको टिम समेत महोत्सवको अवलोकन गरेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।