बुधबार · २१ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

क्षतिपूर्ति दिने सहमति पछि बिष्टको शब उठाइयो

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीकाे माया मेट्राे अस्पतालमा उपचारका  क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टकाे शव उठाइएको छ ।
  • सिगास गाउँपालिका–९ बाजपानीका विष्टकाे परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
  • मृतक विष्टका दाजु नाता पर्ने केशवले परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव परीक्षणका लागि पठाइएको बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीकाे माया मेट्राे अस्पतालमा उपचारका  क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टकाे शव उठाइएको छ ।

सिगास गाउँपालिका–९ बाजपानीका विष्टकाे परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतक विष्टका दाजु नाता पर्ने केशवले परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव परीक्षणका लागि पठाइएको बताए ।

जयपृथ्वी राजमार्ग अन्तरगत ढोल्यामोडमा ३० चैतमा सुपप्र०१००१ह ६५७९ नम्बरको अटो दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा घाइते भएका २५ वर्षका विष्टको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको थियो  । मृतकका श्रीमती, ४ वर्षीया छाेरी र ६ महिनाका छाेरा छन् । दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका थिए । उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

मृतक विष्टका परिवारले अटाे चालक दिपक धानुकलाई कारवाहिकाे माग गर्दै किटानी जाहेरी दिएका छन् । यसअघि दुर्घटनाका बेला अर्का व्यक्तिले अटाे चलाएकाे पीडित पक्षले आराेप लगाएकाे थियाे ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।