सोमबार, ७ मंसिर २०८३Monday, 23 November 2026
काठमाडौं ११°काठमाडौं --°

khabarthali

बैतडीमा पहिलोपटक नगरबस सेवा सुरु, चैत्र २४ गते भव्य उद्घाटन

Manoj Mahara
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
१.१ हजार पटक ० २ मिनेट पढाइ
बैतडीमा पहिलोपटक नगरबस सेवा सुरु, चैत्र २४ गते भव्य उद्घाटन

बैतडी, – बैतडीको दशरथचन्द नगरपालिकामा नगरबस सेवा सञ्चालन हुने भएको छ। यही चैत्र २४ गते, नगरपालिकाको स्थापना दिवसको अवसरमा भव्य उद्घाटन गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ।नगरपालिकाले नयाँ नगरबस खरिद गरिसकेको र सोही दिन विशेष पूजाआजा गर्दै औपचारिक रूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। "नगर बस यहाँ पुगिसकेको छ, २४ गते विधिवत् पूजा गरेर भव्य उद्घाटन गर्ने तयारी छ," नगरप्रमुखको सचिवालय स्रोतले जानकारी दिएको छ।

दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी 'लख्खाभाइ' ले चुनावी घोषणापत्रमा नगरबस सञ्चालनको प्रतिबद्धता जनाएका थिए। सोही वाचा अनुरूप नगरबासीको आवागमनलाई सहज बनाउन बस सेवा ल्याइएको जनाइएको छ । नगरबस सञ्चालनमा आएपछि नगरपालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ। यो सेवाले यात्रुलाई सुरक्षित, सहज र किफायती यात्राको अवसर प्रदान गर्ने नगरपालिकाले जनाएको छ।

नगरबासीलाई के फाइदा ?

नगरबस सञ्चालन भएपछि दशरथचन्द नगरपालिकासम्म आउने-जाने यात्रुहरूलाई सहज र सुलभ यातायात सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। नगरपालिकाले सुरुमा मुख्य मार्गहरूमा बस सञ्चालन गर्ने र यात्रुको माग अनुसार सेवा विस्तार गरिने जनाएको छ ।

बस सेवा कस्तो हुनेछ ?

प्रारम्भिक रूपमा नगरबस नगरपालिका कार्यालय हुँदै प्रमुख मार्गहरूमा चल्ने

भाडादर : अझै टुंगो लाग्न बाँकी

दैनिक सेवा : बिहानदेखि बेलुका नियमित सञ्चालन सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्ने प्रतिबद्धता

नगरपालिकाले नगरबासीको सुझाव र आवश्यकतानुसार सेवा परिमार्जन गर्ने जनाएको छ। नगरबस सेवा भित्रिएपछि बैतडीका बासिन्दालाई सस्तो, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

Manoj Mahara

मनोज महरा खबर थलीको प्राविधिक मेरुदण्ड र सह-निर्देशक हुनुहुन्छ। उहाँसँग वेब पूर्वाधार, डोमेन सुरक्षा, र सर्भर व्यवस्थापनको विशेष विशेषज्ञता छ। वेबसाइटको सुरक्षित सञ्चालन (Uptime Optimization), सुरक्षा, र आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी न्युज पोर्टललाई प्राविधिक रूपमा सुरक्षित र सबल राख्न उहाँको मुख्य भूमिका रहेको छ।

सबै समाचार (८५)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।