बैतडीको सिगासमा भैँसीले एकै बेतमा जुम्ल्याहा पाडो र पाडी जन्मायो

बैतडी। बैतडीको सिगास गाउँपालिका–१, गवाडीखोलाका किसान दान सिंह बोहराको भैँसीले एकै बेतमा जुम्ल्याहा (एक पाडो र एक पाडी) जन्माएको छ।

ग्रामीण क्षेत्रमा यस्तो घटना विरलै हुने भएकाले स्थानीयले यसलाई चासोका साथ हेरेका छन्।

दान सिंह बोहरा विगत ८–१० वर्षदेखि व्यावसायिक रूपमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक मेहनती तथा सफल किसान हुनुहुन्छ। उहाँले सञ्चालन गरेको कृषि तथा पशुपालन फर्म स्थानीयस्तरमा उदाहरणीय मानिन्छ।

स्थानीयवासीका अनुसार जुम्ल्याहा बाछाबाछीको जन्मले किसान बोहराको खुसी अझ बढाएको छ।

  • हरिशचन्द्र भाट

    हरिश चन्द्र भट्ट खबर थलीका गतिशील पत्रकार हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

    Related Posts

    अनुमति बिना पार्टीको नाम प्रयोग नगर्न रास्वपा सुर्नयाको र्निर्देशन

    बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका समितिले पार्टीको नाम उल्लेख गरी अनधिकृत रूपमा विभिन्न गतिविधि सञ्चालन भइरहेको भन्ने जानकारी तथा गुनासो प्राप्त भएपछि सदस्य, शुभेच्छुक र समर्थकलाई आधिकारिक…

    थप पढ्नुहोस

    क्यालिफोर्नियाको समुद्री तापलहरले समुद्री चराहरू भोकमरीको जोखिममा, एल निनोले संकट थप बढाउने चेतावनी

    क्यालिफोर्नियाको तट नजिक लामो समयदेखि जारी समुद्री तापलहर (Marine Heat Wave) का कारण हजारौं समुद्री चराहरू भोकमरीको जोखिममा परेका छन्। वैज्ञानिकहरूका अनुसार समुद्रको पानी असामान्य रूपमा तातिएपछि एन्कोभी (Anchovies) र…

    थप पढ्नुहोस

    0 0 votes
    Article Rating
    Subscribe
    Notify of
    guest

    0 Comments
    Oldest
    Newest Most Voted
    0
    Would love your thoughts, please comment.x
    ()
    x