बिहीबार · २२ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

श्री राष्ट्रिय माबी फाटीगडाको अध्यक्ष मा नरबहादुर भाट सर्बसम्मत चयन

हरिशचन्द्र भाट
समाचार प्रमुख २४६ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — सुर्नया गाउँपालिका–४ फाटिगडास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गरिएको छ।
  • शिक्षा नियमावली, २०५९ को १०औँ संशोधनबमोजिम असोज २२ गते सम्पन्न अभिभावक भेलाबाट नरबहादुर भाटलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
  • समितिको सदस्यमा गौरी कुँवर, लालमती महरा र गोपी लुहार चयन भएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी — सुर्नया गाउँपालिका–४ फाटिगडास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गरिएको छ।

शिक्षा नियमावली, २०५९ को १०औँ संशोधनबमोजिम असोज २२ गते सम्पन्न अभिभावक भेलाबाट नरबहादुर भाटलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो। समितिको सदस्यमा गौरी कुँवर, लालमती महरा र गोपी लुहार चयन भएका छन्।

त्यस्तै शिक्षक प्रतिनिधिमा सरस्वती चन्द, सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक धनसिंह भण्डारी र सम्बन्धित वडा जनप्रतिनिधि पदेन सदस्य रहने गरी समिति ७ सदस्यीय बनेको छ।

विद्यालयका प्रधानाध्यापक धनसिंह भण्डारीका अनुसार अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो।

वि.सं. २०१६ साल जेठ ४ गते स्थापना भएको यस विद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। नवनिर्वाचित अध्यक्ष भाटले विद्यालयको शैक्षिक तथा समग्र विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले अभिभावक, शिक्षक तथा सरोकारवालाबाट प्राप्त सुझाव–सल्लाहलाई आत्मसात् गर्दै सहकार्यका साथ अघि बढ्ने बताए।

नयाँ व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापकीय सुधार तथा भौतिक पूर्वाधार विकासमा प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।