बैतडी । नेपाल प्रेस युनियन बैतडीको अध्यक्षमा केशव भट्ट (भट्टबाजे) निर्वाचित भएका छन्। युनियनको अधिवेशनबाट भट्ट अध्यक्षमा निर्वाचित भएका हुन्।भट्टसँगै युनियनको नयाँ कार्यसमितिमा विभिन्न पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले बैतडीमा पत्रकारहरूको हकहित, व्यावसायिक क्षमता अभिवृद्धि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिता क्षेत्रको संस्थागत विकासमा काम गर्ने अपेक्षा गरिएको छ।
अध्यक्षमा निर्वाचित भट्ट लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई पत्रकार तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।












प्रतिक्रिया ०
सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।