शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब शिक्षण अस्पताल बन्ने

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • धनगढी, साउन २१ — सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा प्रायोगिक गतिविधिलाई प्रभावकारी बनाउन प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।
  • बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल (धनगढी), लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताल (महेन्द्रनगर) लाई विश्वविद्यालयसँग आबद्ध शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको हो।
  • साथै सम्बन्धित निकायसँग आवश्यक सम्झौता गरी कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

धनगढी, साउन २१ — सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा प्रायोगिक गतिविधिलाई प्रभावकारी बनाउन प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल (धनगढी), लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताल (महेन्द्रनगर) लाई विश्वविद्यालयसँग आबद्ध शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको हो। साथै सम्बन्धित निकायसँग आवश्यक सम्झौता गरी कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको छ।

प्रदेश सरकारको यस निर्णयसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक पूर्वाधार थप मजबुत हुने अपेक्षा गरिएको छ। यी अस्पतालमा भविष्यमा चिकित्साशास्त्रका विद्यार्थीहरूको प्रयोगात्मक अध्ययन, क्लिनिकल तालिम तथा स्वास्थ्य सेवा विस्तारका कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

यसअघि सरकारले विश्वविद्यालयमा एमबीबीएससहित विभिन्न स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिसकेको छ। नयाँ निर्णयले विश्वविद्यालय र प्रदेशका अस्पतालबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै सुदूरपश्चिममै गुणस्तरीय चिकित्सा शिक्षा विस्तार गर्ने आधार बलियो बनाउने अपेक्षा गरिएको छ।

मुख्य बुँदा

  • चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्वीकृति।
  • आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने।
  • चिकित्सा शिक्षा र क्लिनिकल तालिम सञ्चालनका लागि आधार तयार।
  • सुदूरपश्चिममा स्वास्थ्य शिक्षाको पहुँच विस्तार हुने अपेक्षा।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।