बुधबार · २८ असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

पाटनमा बजार अनुगमन : ४५ हजार बराबरको अखाद्य सामग्री नष्ट 

Manmohan singh Bist
संवाददाता ४९ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी–बैतडीको पाटन नगरपालिका अन्तर्गत रहेको पाटन बजार क्षेत्रमा अनुगमन गरिएको छ ।  शनिबार अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ ।  नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले विभिन्न पसलबाट अखाद्य सामग्री बरामद गरेको थियो ।
  • अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको उपप्रमुख बोहराले बताए ।
  • अनुगमनका क्रममा चाउचाउ,बिस्कुट, नमकीन, चिप्स, मसला, चिउरा लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी–बैतडीको पाटन नगरपालिका अन्तर्गत रहेको पाटन बजार क्षेत्रमा अनुगमन गरिएको छ । 

शनिबार अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ । 

नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले विभिन्न पसलबाट अखाद्य सामग्री बरामद गरेको थियो । अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको उपप्रमुख बोहराले बताए ।

अनुगमनका क्रममा चाउचाउ,बिस्कुट, नमकीन, चिप्स, मसला, चिउरा लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ । बजार अनुगमन गर्दा व्यापारीहरुलाई उपभोग्य मिति हेरेरमात्रै खरीद विक्रि गर्न आग्रह गरिएको बजार अनुगमन समितिले जनाएको छ । 

यस्तै बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नभएका पसलहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको छ । बजारबाट कुनै पनि सामग्री खरीद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद गर्न उपभोक्ताहरुलाई पनि आग्रह गरिएको छ ।  

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।