बुधबार · २१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया प्रमुख प्रशासकीय अधिकृत विहीन,सेवाग्राही प्रभावित

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ।
  • गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो ।
  • त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको छ ।  गत पौष ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको छ । 

गत पौष ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर भारती गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा भएको छ । भारती जिल्ला निर्वाचन कार्यालयमा आइसकेका छन् । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरू रोकिएका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा समेत समस्या समाधान नभएको उहाँले बताउनुभयो । योजना कार्यान्वयन गर्नुपर्ने समयमा प्रमुख नहुँदा समस्या भएको उहाँले बताउनुभयो। 

कर्मचारीहरूको तलवभत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक गतिविधि पनि ठप्प भएको गाउँपालिकाले जनाएको छ । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।