मंगलबार · २० असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया गाउँपालिकाको बेरुजु २२ करोड ८६ लाख पुग्यो

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, ७ जेष्ठ: बैतडीको सुर्नया गाउँपालिकाको आर्थिक अनुशासनमा गम्भीर प्रश्न उठ्ने गरी बेरुजुको मात्रा बढ्दो क्रममा देखिएको छ।
  • हालसम्म गाउँपालिकाको बेरुजु २१ करोड २९ लाख ४० हजार रुपैयाँ पुगेकोमा, चालु आर्थिक वर्ष २०८०/ ८१ मा थप १ करोड ५७ लाख ४४ हजार रुपैयाँ बेरुजु देखिएको छ।
  • यससँगै गाउँपालिकाको कुल बेरुजु रकम २२ करोड ८६ लाख ८४ हजार रुपैयाँ पुगेको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी, ७ जेष्ठ: बैतडीको सुर्नया गाउँपालिकाको आर्थिक अनुशासनमा गम्भीर प्रश्न उठ्ने गरी बेरुजुको मात्रा बढ्दो क्रममा देखिएको छ।

हालसम्म गाउँपालिकाको बेरुजु २१ करोड २९ लाख ४० हजार रुपैयाँ पुगेकोमा, चालु आर्थिक वर्ष २०८०/ ८१ मा थप १ करोड ५७ लाख ४४ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यससँगै गाउँपालिकाको कुल बेरुजु रकम २२ करोड ८६ लाख ८४ हजार रुपैयाँ पुगेको हो। यो रकम खर्च भएपनि त्यसको लेखा परीक्षणमा स्पष्ट विवरण नभेटिएपछि बेरुजुमा सूचीकृत गरिएको हो।

स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनमा प्रश्न उठाउने गरी बढिरहेको बेरुजुले सुशासनप्रति जनताको विश्वास घटाउँदै लगेको स्थानीयले बताएका छन्।

आर्थिक वर्षको अन्त्यतिर आउँदै गर्दा स्थानीय तहमा देखिएको यस्ता वित्तीय अनियमितता सुधार गर्न स्थानीय सरकार, लेखा परीक्षण कार्यालय तथा सरोकारवाला निकायले गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।