बुधबार · २१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गर्यो,पालीगडा र चौथली निल

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
  • पालिकाले एक सूचना प्रकाशित गर्दै परिक्षाफल सार्वजनिक गरेको हो ।
  • प्रकाशीत परीक्षाफलअनुसार ३९६ विद्यार्थी मध्ये १९८ जना मात्रै उत्तिर्ण भएका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दै परिक्षाफल सार्वजनिक गरेको हो । प्रकाशीत परीक्षाफलअनुसार ३९६ विद्यार्थी मध्ये १९८ जना मात्रै उत्तिर्ण भएका छन् । परीक्षा सहभागी भएका १९ विद्यालयमध्ये दुई ओटा विद्यालयको नतिजा निल आएको छ । भुवनेश्वर मावि पत्थरकोट चौथली र उदयदेव मावि पालिगडाको नतिजा निल आएको सुर्नया गाउँपालिकाको शिक्षा शाखाले प्रमुख टङक प्रसाद अबस्थीले जानकारी दिनु भयाे ।

भुवनेश्वर माविका १० जना र उदयदेव मावि पत्थरकोट चौथलीका ८ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।
कुनै दुई विषयमा एनजी आएका विद्यार्थीहरुले ग्रेडवृद्धि परिक्षा समावेश हुन पाउने छन् । त्यसका लागि चैत्र मसान्त सम्म सम्बन्धीत विद्यालयमा गएर परीक्षा फारम भरि पालिकाको शिक्षा शाखामा पेस गरिसक्नुपर्ने छ । ग्रेडवृद्धि परीक्षा आगामी बैशाख २१ र २२ गते सञ्चालन हुने बताइएको छ ।

साथै नतिजामा चित्त नबुझेको खण्डमा परीक्षाफल प्रकाशित भएको एक हप्ताभित्र सम्बन्धीत विद्यालयमा निवेदन दिनुपर्ने छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।