बैतडी सुर्नया : भाद्र २२ गते राति परेको अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–४ चनेताका खेमराज भट्टको दुईतले ढुंगा–माटोले बनेको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
लगातारको वर्षाका कारण घरको संरचना कमजोर बन्दै गएको थियो। करिब १०–१५ दिनअघि नै घरको एकतर्फको भित्तामा ठूलो चिरा (सल) परेको थियो। घर भत्किने जोखिम देखिएपछि भट्ट परिवार समयमै घरबाट बाहिर निस्किएर अर्काको घरमा आश्रय लिएर बस्दै आएको थियो।
भाद्र २२ गते राति निरन्तर वर्षा भइरहेका बेला घर एक्कासि भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। घटना हुँदा घरभित्र कोही पनि नभएकाले मानवीय क्षति भने हुन पाएन।
घर पूर्ण रूपमा भत्किएपछि भट्ट परिवार अहिले बसोबासको समस्यामा परेको छ। परिवारले तत्काल राहत, सुरक्षित बसोबास तथा पुनःस्थापनाका लागि स्थानीय तह, सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक सहयोगको माग गरेको छ।
वर्षायाममा जोखिमयुक्त घर तथा बस्तीको समयमै पहिचान गरी सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिएको छ।
अविरल वर्षाले सुर्नया–४ मा दुईतले घर पूर्ण रूपमा क्षतिग्रस्त
पोस्ट गरिएको — २६ भदौ २०८३ · २:२७ PM
यो समाचार शेयर गर्नुहोस्
तपाईंको प्रतिक्रिया










प्रतिक्रिया ०
सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।