भारी ठोक्किँदा सेती नदीमा लडेर एक जना गम्भीर घाइते,थप उपचारको लागी धनगढी पठाइयो

Screenshot 20260909 212955


बैतडी : बझाङको देउराबाट भारी बोकेर बैतडीको सिगास गाउँपालिका–६ थालाकाडातर्फ जाँदै गरेका उद्धव सिंह धामी बाटोबाट लडेर सेती नदीमा खस्दा गम्भीर घाइते भएका छन्।

बैतडीको सिगास–६ थालाका धामी बोरी गाउँ नजिकैको अप्ठ्यारो भीरको बाटोमाथि भारी ठोक्किएपछि सन्तुलन गुमाएर बाटोबाट लड्दै सेती नदीमा खसेका बताइएको छ।

गम्भीर घाइते धामीलाई तत्काल देउरा अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *