वर्षाका कारण गौरा पर्व प्रभावित..

1788688184949


बैतडी — अविरल वर्षाका कारण बैतडीसहित सुदूरपश्चिममा मनाइँदै आएको मौलिक पर्व गौरा पर्व प्रभावित भएको छ।

वर्षाका कारण गौरा पर्वसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन सर्वसाधारणलाई कठिनाइ भएको छ। विभिन्न स्थानमा आयोजना हुने पूजा, देउडा तथा अन्य सांस्कृतिक कार्यक्रमसमेत वर्षाका कारण प्रभावित भएका छन्।

गौरा पर्वको अवसरमा गाउँ–गाउँमा हुने जमघट, देउडा खेल र सांस्कृतिक गतिविधिले सुदूरपश्चिममा विशेष रौनक थप्ने गरे पनि लगातारको वर्षाले यस वर्षको उत्साहमा केही कमी आएको सुर्नया ०४ का स्थानिय प्रकाश सिंह भाटले बताउनु भयो।

वर्षाका कारण आवतजावतमा समेत समस्या देखिएको छ। ग्रामीण सडकहरूमा हिलाम्मे तथा पहिरोको जोखिम बढेपछि पर्वका लागि गाउँघर तथा बजारतर्फ आउने–जाने सर्वसाधारणलाई थप सास्ती भएको छ।

स्थानीयले प्रतिकूल मौसमका बाबजुद गौरा पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई छाता ओडेरै भएपनि निरन्तरता दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *