गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

1788485448047


बैतडी : सुदूरपश्चिमको मौलिक एवं महत्वपूर्ण पर्व गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदैछ। विशेषगरी बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा र महेश्वरको पूजाआजा गरी अठ्यावाली मनाउने परम्परा छ।

गौरा पर्वमा महिलाहरूले व्रत बसेर गौरा देवीको पूजा गर्ने तथा बिरुडा, दुबधागोलगायतका सामग्री प्रयोग गरी धार्मिक विधि पूरा गर्ने चलन छ। अठ्यावालीका अवसरमा देउडा खेल्ने, आपसमा शुभकामना आदानप्रदान गर्ने तथा आफन्तजनसँग भेटघाट गर्ने गरिन्छ।

सुदूरपश्चिमको मौलिक पहिचान र सांस्कृतिक परम्परासँग जोडिएको गौरा पर्वले अहिले गाउँघरदेखि शहरसम्म उल्लास र रौनक थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *