आइतबार · १८ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अनुमति बिना पार्टीको नाम प्रयोग नगर्न रास्वपा सुर्नयाको र्निर्देशन

हरिशचन्द्र भाट
समाचार प्रमुख २३६ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका समितिले पार्टीको नाम उल्लेख गरी अनधिकृत रूपमा विभिन्न गतिविधि सञ्चालन भइरहेको भन्ने जानकारी तथा गुनासो प्राप्त भएपछि सदस्य, शुभेच्छुक र समर्थकलाई आधिकारिक निर्णय र जानकारीबिना कुनै पनि कार्यक्रम तथा गतिविधि नगर्न निर्देशन दिएको छ।
  • समितिले जारी गरेको सूचनामा पालिका समितिको आधिकारिक निर्णय, निर्देशन वा पूर्व जानकारीबिना पार्टीको नाममा कार्यक्रम, विरोध, अवरोध वा अन्य कुनै गतिविधि नगर्न आग्रह गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका समितिले पार्टीको नाम उल्लेख गरी अनधिकृत रूपमा विभिन्न गतिविधि सञ्चालन भइरहेको भन्ने जानकारी तथा गुनासो प्राप्त भएपछि सदस्य, शुभेच्छुक र समर्थकलाई आधिकारिक निर्णय र जानकारीबिना कुनै पनि कार्यक्रम तथा गतिविधि नगर्न निर्देशन दिएको छ।

समितिले जारी गरेको सूचनामा पालिका समितिको आधिकारिक निर्णय, निर्देशन वा पूर्व जानकारीबिना पार्टीको नाममा कार्यक्रम, विरोध, अवरोध वा अन्य कुनै गतिविधि नगर्न आग्रह गरिएको छ। सार्वजनिक सरोकारका विषयमा पार्टीको तर्फबाट धारणा, खबरदारी वा कार्यक्रम आवश्यक परेमा पालिका समितिलाई जानकारी गराई समितिको निर्णयअनुसार मात्रै अघि बढाइने उल्लेख गरिएको छ।

यस्तै, सूचनापछि व्यक्तिगत रूपमा गरिने कुनै पनि गतिविधिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने र त्यस्ता गतिविधिलाई राष्ट्रिय स्वतन्त्र पार्टी सुर्नया गाउँपालिका समितिको आधिकारिक निर्णय वा धारणा नमानीने स्पष्ट पालिका सभापति हरजित विष्टले जानकारी दिनु भयो।

समितिले पार्टीको अनुशासन, मर्यादा र संगठनात्मक एकता कायम राख्न सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समर्थकलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।