तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा
बैतडी — सुर्नया गाउँपालिका वडा नं. ४ मा ग्रामिण सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। हाल सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अन्तर्गत डोजर प्रयोग गरी बाटो खन्ने काम भइरहेको छ।
स्थानीय बासिन्दाहरूको उपस्थितिमा भइरहेको निर्माण कार्यले गाउँमा यातायात सुविधा सहज हुने अपेक्षा गरिएको छ। वर्षौंदेखि कठिन यात्रा गर्न बाध्य रहेका स्थानीयहरू अब सडक निर्माणसँगै सहज आवागमन हुनेमा आशावादी देखिएका छन्।
निर्माण कार्यका क्रममा स्थानीयको प्रत्यक्ष निगरानीसमेत रहेको छ, जसले कामको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।