बिहीबार · २९ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बिहीबार २९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नयामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच सहमति

हरिशचन्द्र भाट
समाचार प्रमुख २५१ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया - बैतडीको सुर्नया गाउँपालिकामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच अन्ततः सहमति भएको छ।
  • बुधबार अबेरसम्म चलेको दुई पक्षीय छलफलपछि सहमति जुटेको जेनजी–जेनवाइ समूहका प्रतिनिधि देव बहादुर चन्दले जानकारी दिएका छन्।सहमतिसँग जोडिएका विषय कार्यान्वयन गर्न आजै बसेको कार्यपालिका बैठकले बहुमतका आधारमा निर्णय समेत गरेको छ।
  • मुख्यतः श्रोत नखुलेका तथा फेजआउट भएका कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारीलाई बिदाइ गर्ने विषयमा कार्यपालिकाले बहुमतबाट निर्णय गरेको हो।“हामीले अघि सारेका अधिकांश माग सम्बोधन भएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया – बैतडीको सुर्नया गाउँपालिकामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच अन्ततः सहमति भएको छ। बुधबार अबेरसम्म चलेको दुई पक्षीय छलफलपछि सहमति जुटेको जेनजी–जेनवाइ समूहका प्रतिनिधि देव बहादुर चन्दले जानकारी दिएका छन्।
सहमतिसँग जोडिएका विषय कार्यान्वयन गर्न आजै बसेको कार्यपालिका बैठकले बहुमतका आधारमा निर्णय समेत गरेको छ। मुख्यतः श्रोत नखुलेका तथा फेजआउट भएका कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारीलाई बिदाइ गर्ने विषयमा कार्यपालिकाले बहुमतबाट निर्णय गरेको हो।
“हामीले अघि सारेका अधिकांश माग सम्बोधन भएका छन्। श्रोत नभएका र फेजआउट भएका कार्यक्रमका कर्मचारी हटाउने विषयमा लामो छलफलपछि सहमति जुटेको छ,” जेनवाइ प्रतिनिधि चन्दले भने।
यस निर्णयअनुसार ५ जना कर्मचारीको बिदाइ गरिने बताइएको छ।
यसअघि गत असोज महिनामा जेनजी र जेनवाइ समूहले ११ बुँदे माग अघि सार्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।
यद्यपि, कर्मचारी तत्काल बिदाइ गर्ने विषयमा भने सबैको समान धारणा देखिएको छैन। वडा नम्बर ५ का अध्यक्ष केशव बिष्ट र वडा नम्बर ६ का अध्यक्ष मदनराज अवस्थीले उक्त निर्णयप्रति असहमति जनाएका छन्।
“पालिकामा ढिलो गरी बजेट बाँडफाँट भइरहेको अवस्थामा अहिले कर्मचारी हटाउँदा सेवा प्रवाह प्रभावित हुन सक्छ। असार मसान्तसम्म कायम राख्नुपर्छ भन्ने मेरो धारणा हो,” वडा नम्बर ६ का अध्यक्ष अवस्थीले बताए।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।