सोमबार, १६ कार्तिक २०८३Monday, 2 November 2026
काठमाडौं --°
समाचारसँगै सत्यको खोजी। तथ्य · सन्तुलन · जिम्मेवारी
ब्रेकिङ

गाउँघरदेखि चिया पसलसम्म चुनावी बहस, स्थानीय तहको निर्वाचनको चर्चा बढ्दै

Avatar photo
हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:FacebookXViberTelegram
inbound4135459295406476293

बैतडी : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि बजारसम्म चुनावी सरगर्मी बढ्न थालेको छ। केही समयअघिसम्म सामान्य राजनीतिक गफमा सीमित हुने चिया पसलका कुराकानी अहिले सम्भावित उम्मेदवार र चुनावी समीकरणतर्फ केन्द्रित हुन थालेका छन्।

गाउँका चौतारी, बजारका चोक र चिया पसलमा कसले चुनाव लड्ने, कसले टिकट पाउने र आगामी निर्वाचनमा नयाँ अनुहार देखिने कि पुरानै जनप्रतिनिधि दोहोरिने भन्ने विषयमा चर्चा हुन थालेको छ।

स्थानीयस्तरमा सम्भावित उम्मेदवारका नामसमेत चर्चामा आउन थालेपछि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पनि आन्तरिक छलफलमा जुट्न थालेका छन्। यद्यपि उम्मेदवारी र चुनावी समीकरणबारे औपचारिक निर्णय भइसकेको छैन।

यसपटक मतदाताले विकास निर्माण, सुशासन, पारदर्शिता, जनताको समस्या समाधान र जनप्रतिनिधिको विगतको कार्यसम्पादनलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने विषय पनि चर्चामा छ।

निर्वाचनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै गाउँघरमा बढ्न थालेको यो चर्चाले स्थानीय राजनीतिक वातावरण विस्तारै चुनावमय बन्दै गएको संकेत गरेको छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

शेयर गर्नुहोस्:FacebookXViberTelegram

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।