आइतबार, १५ कार्तिक २०८३Sunday, 1 November 2026
काठमाडौं --°
समाचारसँगै सत्यको खोजी। तथ्य · सन्तुलन · जिम्मेवारी
ब्रेकिङ

सुर्नया–४ का चार जना राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध

Avatar photo
हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:FacebookXViberTelegram
inbound4733609241359549729

बैतडी। बैतडीको सुर्नया गाउँपालिका वडा नं. ४ का चार जना व्यक्तित्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्।

रास्वपामा आबद्ध हुनेहरूमा सुर्नया गाउँपालिका वडा नं. ४ का पूर्व वडा सदस्य तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट वडा अध्यक्षका प्रत्याशी हरिसिंह महरा, राष्ट्रिय माध्यमिक विद्यालय डबराली फाँटिगडाका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी हरिश बहादुर कुँवर, समाजसेवी अकबिर सिंह महरा र युवा समाजसेवी गणेश सिंह साउद रहेका छन्।

यद्यपि, हरिश बहादुर कुँवर भने यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय रहँदै आएको र आज मात्र उक्त विषय सार्वजनिक भएको सुर्नया गाउँपालिका वडा नं. ४ का सभापति बलबहादुर महराले जानकारी दिएका छन्।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूको आगामी राजनीतिक तथा सामाजिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल १ प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

शेयर गर्नुहोस्:FacebookXViberTelegram

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।