शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सर्तकता अपनाउन अनुरोध

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी:पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ ।महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।“केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ”, उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ ।
  • त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।”उनले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताए ।
  • उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी:पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ ।
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।
“केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ”, उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।”उनले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताए । उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे । असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी देखिएको जनाउँदै डा दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्नसक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुनेहुँदा सङ्क्रमण बढ्न सक्ने बताए ।
डेङ्गीबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने उनले सुझाव दिए ।कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उनले भने ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।