आइतबार · १८ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, असार २२ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुने भएको छ ।
  • वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसकेको रास्वपा बैतडीले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।अधिवेशनमा सहभागी हुन वडा र पालिकास्तरबाट छनोट भएका प्रतिनिधिहरू तथा पार्टीप्रति आस्था राख्ने कार्यकर्ताहरू पाटन पुग्ने क्रम जारी रहेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुने भएको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसकेको रास्वपा बैतडीले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
अधिवेशनमा सहभागी हुन वडा र पालिकास्तरबाट छनोट भएका प्रतिनिधिहरू तथा पार्टीप्रति आस्था राख्ने कार्यकर्ताहरू पाटन पुग्ने क्रम जारी रहेको छ । अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रममा बैतडीबाट निर्वाचित माननीय हरिमोहन भण्डारी सहित केन्द्र तथा प्रदेशस्तरीय नेताहरूको सहभागिता रहने बताइएको छ । केन्द्रीय तथा प्रदेशको टोली आजै बैतडी पुग्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा पालिका समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका विभागका प्रमुखहरू, प्रत्येक पालिकाबाट सिफारिस गरिएका एक महिलासहित तीन जना प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू तथा जिल्ला, प्रदेश र केन्द्रीय विभागका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको संगठन विस्तार, भावी कार्ययोजना तथा राजनीतिक गतिविधिबारे समेत छलफल हुने जनाइएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।