बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-०१ जरकट्टे स्थित प्रसिद्ध थाम श्री महारुद्र (मादेउ) का धामी जैबहादुर टेरको निधन भएको छ। दशरथचन्द नगरपालिका-०१ जरकट्टे घर भएका टेरको ८६ वर्षको उमेरमा गए राति निधन भएको उनका भतिजा हरिस बहादुर टेरले बताए। पछिल्लो समयमा क्यान्सर रोगबाट पीडित टेरलाई उपचार गराएर घर ल्याइएको थियो । एक्कासि उनको स्वास्थ्यमा समस्या आएपछि गए राति १० बजे उनको निधन भएको बताइएको छ । मृतक टेरको महारुद्र आर्यघाटमा आज अन्तिम दाहसंस्कार गरिएको छ। श्री महारुद्र देवताका धामी टेरको निधनले जरकट्टे गाउँ शोकमा डुबेको छ। टेरको निधनले एक सामाजिक तथा धार्मिक व्यक्तित्व संगै ईतिहास पुरुषको अवसान भएको बताइएको छ।
श्री महारुद्रका धामी जैबहादुर टेरको निधन, जरकट्टे गाउँ शोकमा
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडी ।
- बैतडीको दशरथचन्द नगरपालिका-०१ जरकट्टे स्थित प्रसिद्ध थाम श्री महारुद्र (मादेउ) का धामी जैबहादुर टेरको निधन भएको छ।
- दशरथचन्द नगरपालिका-०१ जरकट्टे घर भएका टेरको ८६ वर्षको उमेरमा गए राति निधन भएको उनका भतिजा हरिस बहादुर टेरले बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०