बैतडी । हरितालिका तीजको अवसरमा बैतडीको सुर्नया गाउँपालिका–४ फाटीगडामा आयोजना हुन लागेको तीज विशेष खुला मौलिक देउडा प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा चर्चित देउडिया अम्बादत्त जोशी र टिका साउदको विशेष प्रस्तुति रहने भएको छ।
सुर्नया गाउँपालिका–४ वडा कार्यालयको आयोजनामा हुन लागेको कार्यक्रममा मौलिक देउडा प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको हो। कार्यक्रममा चर्चित देउडिया अम्बादत्त जोशी र टिका साउदको प्रस्तुति थप आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।
सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा स्थानीय कलाकार तथा देउडा प्रेमीहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको गाउपालिका प्रवक्ता तथा वडा नम्बर ०४ का वडा अध्यक्ष प्रताप महराले जानकारी दिनु भयो ।
कार्यक्रम भदौ २८ र २९ गते अर्थात भोलि र पर्सी बिहान १० बजेदेखि श्री राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडाको प्राङ्गणमा सञ्चालन हुनेछ।कार्यक्रममा हुने खुला मौलिक देउडा प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने कलाकारलाई पुरस्कार तथा सम्मान गरिने गाउपालिका प्रवक्ता एबम वडा अध्यक्ष महराको भनाइ छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकार तथा समूहले तोकिएको समयभित्र नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ।
तीज पर्वको अवसरमा आयोजना हुन लागेको कार्यक्रमले मनोरञ्जनसँगै सुदूरपश्चिमको मौलिक देउडा संस्कृति, कला र परम्पराको संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ।
आयोजकले देउडा प्रेमी, कलाकार, महिला दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।
चर्चित देउडिया अम्बादत्त जोशी र टिका साउदको प्रस्तुति रहने भएपछि सुर्नया–४ को तीज विशेष देउडा कार्यक्रम थप आकर्षक बन्ने भएको छ।













प्रतिक्रिया ०
सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।