12:39 AM NPT
ब्रेकिङ
सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता हुँदै..भारी ठोक्किँदा सेती नदीमा लडेर एक जना गम्भीर घाइते,थप उपचारको लागी धनगढी पठाइयोअब क्रिप्टोबाट पनि नेपालको विपद् राहत कोषमा सहयोग गर्न सकिनेबैतडीसहित ४४ जिल्लामा महालेखापरीक्षकको स्थलगत लेखापरीक्षण,सुझाव तथा गुनासो संकलन गरिँदैवर्षाका कारण गौरा पर्व प्रभावित..
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता हुँदै..

सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता हुँदै..
पोस्ट गरिएको — २५ भदौ २०८३ · ९:४९ PM
हरिशचन्द्र भाट
लेखकवरिष्ठ लेखक२१२ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्

सुर्नया बैतडी : महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर बैतडीको सुर्नया गाउँपालिका–४ मा खुला मौलिक देउडा प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

सुर्नया गाउँपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सुदूरपश्चिमको मौलिक देउडा संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिइने भएको हो।

वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम भदौ २८ र २९ गते बिहान १० बजेदेखि सुर्नया–४ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडाको प्राङ्गणमा सञ्चालन हुने सुचनामा उल्लेख गरिएको छ।

कार्यक्रममा खुला मौलिक देउडा प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा देउडिया कलाकार हरूले सहभागिता जनाउन सक्नेछन्। उत्कृष्ट प्रस्तुति दिने कलाकारलाई पुरस्कार तथा सम्मान गर्ने व्यवस्था गरिएको गाउपालिका प्रवक्ता तथा वडा नम्बर ०४ का वडा अध्यक्ष प्रताप महराले जानकारी दिनुभयो।

देउडा सुदूरपश्चिमको पहिचानसँग जोडिएको मौलिक लोकसंस्कृति भए पनि पछिल्लो समय नयाँ पुस्तामा परम्परागत संस्कृति र लोककलाप्रतिको चासो घट्दै गएको अवस्थामा यस्ता कार्यक्रमले मौलिक संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको वडा अध्यक्ष महराको भनाइ छ।

तीज पर्वलाई मनोरञ्जनसँगै सामाजिक एकता, महिला सहभागिता र मौलिक संस्कृतिको संरक्षणसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा स्थानीय महिला दिदीबहिनी, कलाकार, देउडा प्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने कलाकारले भदौ २७ गते बेलुका ५ बजेसम्म नाम दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ। वडा कार्यालयले समयमै नाम दर्ता गराई प्रतियोगितामा सहभागी हुन इच्छुक सबैलाई आग्रह गरेको छ।

गाउपालिका प्रवक्ता तथा वडा अध्यक्ष प्रताप महराले देउडा प्रेमी, कलाकार तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई सुदूरपश्चिमको मौलिक कला र संस्कृतिको संरक्षणमा साथ दिन अनुरोध गरेका छन।

यस्तै कार्यक्रमले तीजको अवसरमा सुर्नया–४ मा सांस्कृतिक माहोल सिर्जना गर्नुका साथै स्थानीय प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, मौलिक देउडामार्फत स्थानीय संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन समेत कार्यक्रम उपयोगी हुने देखिन्छ।

कार्यक्रमका मुख्य आकर्षण :
तीज विशेष खुला मौलिक देउडा प्रतियोगिता
विभिन्न सांस्कृतिक कार्यक्रम
उत्कृष्ट कलाकारलाई पुरस्कार तथा सम्मान
स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धन र संरक्षण
कलाकार तथा देउडा प्रेमीहरूको सहभागिता
स्थान: श्री राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गण, फाटीगडा, सुर्नया–४, बैतडी
समय: बिहान १० बजेबाट
कार्यक्रम: २०८३ भदौ २८ र २९ गते
नाम दर्ताको अन्तिम समय: भदौ २७ गते बेलुका ५ बजेभित्र

डेउडियाहरुले नाम दर्ता गराउनको लागी सम्पर्क मोबाइल नम्बर :९८६८७१८४६६,९८४८८३२४४२,९८४८७१६९३६,९८४०६७४०९८

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली