बिहीबार · ५ कात्तिक २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM बिहीबार ५ कात्तिक २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

वर्षाका कारण गौरा पर्व प्रभावित..

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — अविरल वर्षाका कारण बैतडीसहित सुदूरपश्चिममा मनाइँदै आएको मौलिक पर्व गौरा पर्व प्रभावित भएको छ।
  • वर्षाका कारण गौरा पर्वसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन सर्वसाधारणलाई कठिनाइ भएको छ।
  • विभिन्न स्थानमा आयोजना हुने पूजा, देउडा तथा अन्य सांस्कृतिक कार्यक्रमसमेत वर्षाका कारण प्रभावित भएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी — अविरल वर्षाका कारण बैतडीसहित सुदूरपश्चिममा मनाइँदै आएको मौलिक पर्व गौरा पर्व प्रभावित भएको छ।

वर्षाका कारण गौरा पर्वसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन सर्वसाधारणलाई कठिनाइ भएको छ। विभिन्न स्थानमा आयोजना हुने पूजा, देउडा तथा अन्य सांस्कृतिक कार्यक्रमसमेत वर्षाका कारण प्रभावित भएका छन्।

गौरा पर्वको अवसरमा गाउँ–गाउँमा हुने जमघट, देउडा खेल र सांस्कृतिक गतिविधिले सुदूरपश्चिममा विशेष रौनक थप्ने गरे पनि लगातारको वर्षाले यस वर्षको उत्साहमा केही कमी आएको सुर्नया ०४ का स्थानिय प्रकाश सिंह भाटले बताउनु भयो।

वर्षाका कारण आवतजावतमा समेत समस्या देखिएको छ। ग्रामीण सडकहरूमा हिलाम्मे तथा पहिरोको जोखिम बढेपछि पर्वका लागि गाउँघर तथा बजारतर्फ आउने–जाने सर्वसाधारणलाई थप सास्ती भएको छ।

स्थानीयले प्रतिकूल मौसमका बाबजुद गौरा पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई छाता ओडेरै भएपनि निरन्तरता दिइरहेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।