अविरल वर्षाले सुर्नया ०४ मा घर भत्किदा पुर्ण रुपमा क्षति

1788662382398


बैतडी, सुर्नया — अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–४ दीक्थलामा स्थानीय बिस्ना भट्टको तिनकोठे घर पूर्ण रूपमा भत्किएको छ।

शनिबार दिउँसो करिब ३ बजे लगातारको वर्षाका कारण घर भत्किएको बताइएको छ। घर भत्किँदा घरमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन। लगातारको वर्षाका कारण घरमा ठूलो भौतिक क्षति पुगेको स्थानीयले बताएका छन्।

घटनापछि क्षतिको विस्तृत विवरण संकलन हुन अझै बांकी छ। पीडित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *