श्री कृष्ण जन्माष्टमी तथा गौरा पर्वको महान् अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
अन्याय, अत्याचार र दमनको अन्त्य गरी समाजमा सत्य, न्याय र धर्मको स्थापना गर्न मार्गनिर्देश गर्नुहुने भगवान् श्रीकृष्णका उपदेश र जीवनदर्शनले हामी सबैलाई प्रेरणा प्रदान गरोस्। भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सकारात्मक ऊर्जा सञ्चार होस् र आपसी सद्भाव तथा बन्धुत्वको भावना थप सुदृढ बनोस् भन्ने कामना गर्दछौं।
– Khabar Thali
