बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

असार मसान्त नजिकिँदै, सुर्नया गाउँपालिकाको अधिवेशन अझै अनिश्चित—विकासका योजना ठप्प अवस्थामा

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — आर्थिक वर्ष सकिन अब करिब एक महिना मात्र बाँकी रहँदा पनि सुर्नया गाउँपालिकाले अझै अधिवेशन बसाउन सकेको छैन।
  • समयमै नीति, कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने संवैधानिक जिम्मेवारी हुँदाहुँदै पनि नेतृत्वको ढिलासुस्तीले पालिकाको समग्र विकास प्रक्रिया नै प्रभावित हुने अवस्था देखिएको छ।
  • स्थानीय तहको प्रमुख कार्य अधिवेशनमार्फत योजना तथा बजेट पारित गर्नु भए पनि सुर्नयामा भने यो प्रक्रिया नै अन्योलमा परेको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी — आर्थिक वर्ष सकिन अब करिब एक महिना मात्र बाँकी रहँदा पनि सुर्नया गाउँपालिकाले अझै अधिवेशन बसाउन सकेको छैन। समयमै नीति, कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने संवैधानिक जिम्मेवारी हुँदाहुँदै पनि नेतृत्वको ढिलासुस्तीले पालिकाको समग्र विकास प्रक्रिया नै प्रभावित हुने अवस्था देखिएको छ।

स्थानीय तहको प्रमुख कार्य अधिवेशनमार्फत योजना तथा बजेट पारित गर्नु भए पनि सुर्नयामा भने यो प्रक्रिया नै अन्योलमा परेको छ। अधिवेशन नबस्दा चालु आर्थिक वर्षका योजनाहरू अलपत्र पर्ने, नयाँ कार्यक्रम अघि बढ्न नसक्ने र जनताले प्रत्यक्ष रूपमा सेवा तथा विकासबाट वञ्चित हुने खतरा बढेको स्थानीयको गुनासो छ।

समयमै निर्णय लिन नसक्नुले पालिका नेतृत्वप्रति गम्भीर प्रश्न उठेको छ। जिम्मेवार पदमा बसेका जनप्रतिनिधि नै मौन बस्दा सुर्नया गाउँपालिका विकास होइन, अव्यवस्था र गैरजिम्मेवारीको उदाहरण बन्दै गएको आरोप लाग्न थालेको छ।

स्थानीयवासीले अब ढिलाइ नगरी तत्काल अधिवेशन बोलाउन र पारदर्शी ढंगले योजना कार्यान्वयन गर्न माग गरेका छन्। अन्यथा, यसले आउने दिनमा झनै ठूलो आर्थिक र प्रशासनिक संकट निम्त्याउने चेतावनी समेत दिइएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।