बुधबार · २८ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न निर्देशन

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी  र सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ ।
  • जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनहरुमा उक्त व्यवस्था लागू गर्न यातायात व्यावसायिहरुलाइ पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराईले बताए  ।
  • यससँगै प्रशासनले सार्वजनिक सवारी साधनमा यात्रुले सजिलै देख्ने स्थानमा अनिवार्य रूपमा भाडादर टाँस गर्नका साथै चालक र सह–चालकले यात्रा अवधिभर तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था समेत लागू गर्न भनिएकोे छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी  र सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ ।


जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनहरुमा उक्त व्यवस्था लागू गर्न यातायात व्यावसायिहरुलाइ पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराईले बताए  ।

यससँगै प्रशासनले सार्वजनिक सवारी साधनमा यात्रुले सजिलै देख्ने स्थानमा अनिवार्य रूपमा भाडादर टाँस गर्नका साथै चालक र सह–चालकले यात्रा अवधिभर तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था समेत लागू गर्न भनिएकोे छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम तथा यात्रुको सुरक्षा सुदृढ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अधिकारी भट्टराईले बताउनु भयो । 

प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराइले पत्र मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । प्रशासनको यो कदमले यात्रुको सुरक्षा मजबुत बनाउनुका साथै सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराईले बताए  ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।