काठमाण्डौ : भारतको आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ ।
सोमबार भएको अन्तिम तथा पाँचौं खेलमा ४४ रनको जित निकाल्दै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो ।
श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ रन र ९ रनको जित निकालेको थियो ।
