सोमबार · १९ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पुरा,४हजार६सय१३ जना विद्यार्थी परीक्षामा सहभागी हुने

हरिशचन्द्र भाट
समाचार प्रमुख २३८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ ।
  • कक्षा १२ को परीक्षाका लागि यस वर्ष बैतडीमा १९ वटा केन्द्र निर्धारण गरिएको छ ।
  • जिल्लामा ६५ वटा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
facebook sharing button
twitter sharing button
sharethis sharing button

आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ ।

कक्षा १२ को परीक्षाका लागि यस वर्ष बैतडीमा १९ वटा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा ६५ वटा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय छन् । नियमित तर्फका लागि १८ वटा र २०५७ सालयता छुटेका विद्यार्थीका लागि दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बीरेन्द्र माविमा एउटा गरी १९ वटा परीक्षा केन्द्र राखिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

यस वर्ष जिल्लाभर चार हजार छ सय १३ जना विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी हुने एकाइ प्रमुख अवस्थीले बताउनुभयो । गत वर्ष बैतडीमा चार हजार आठ सय पचपन्न जना परीक्षामा सहभागी हुनुभएको थियो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि गर्ने निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो ।

परीक्षा मार्यादित र व्यवस्थित बनाउन जिल्लाका १९ वटै केन्द्रमा तीन सय जना कर्मचारी खटाइएको एकाइ प्रमुख प्रमुख अवस्थीले बताउनुभयो । बिहान ८ बजेबाट जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका छ ।

देशभर १५ सय ९० परीक्षा केन्द्रबाट करिब पाँच लाख पचास हजार विद्यार्थी आइतबारदेखि हुने परीक्षामा सहभागी हुने छन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।