बुधबार · २१ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा पहिलोपटक नगरबस सेवा सुरु, चैत्र २४ गते भव्य उद्घाटन

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, – बैतडीको दशरथचन्द नगरपालिकामा नगरबस सेवा सञ्चालन हुने भएको छ।
  • यही चैत्र २४ गते, नगरपालिकाको स्थापना दिवसको अवसरमा भव्य उद्घाटन गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ।नगरपालिकाले नयाँ नगरबस खरिद गरिसकेको र सोही दिन विशेष पूजाआजा गर्दै औपचारिक रूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।
  • "नगर बस यहाँ पुगिसकेको छ, २४ गते विधिवत् पूजा गरेर भव्य उद्घाटन गर्ने तयारी छ," नगरप्रमुखको सचिवालय स्रोतले जानकारी दिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी, – बैतडीको दशरथचन्द नगरपालिकामा नगरबस सेवा सञ्चालन हुने भएको छ। यही चैत्र २४ गते, नगरपालिकाको स्थापना दिवसको अवसरमा भव्य उद्घाटन गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ।नगरपालिकाले नयाँ नगरबस खरिद गरिसकेको र सोही दिन विशेष पूजाआजा गर्दै औपचारिक रूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। “नगर बस यहाँ पुगिसकेको छ, २४ गते विधिवत् पूजा गरेर भव्य उद्घाटन गर्ने तयारी छ,” नगरप्रमुखको सचिवालय स्रोतले जानकारी दिएको छ।

दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी ‘लख्खाभाइ‘ ले चुनावी घोषणापत्रमा नगरबस सञ्चालनको प्रतिबद्धता जनाएका थिए। सोही वाचा अनुरूप नगरबासीको आवागमनलाई सहज बनाउन बस सेवा ल्याइएको जनाइएको छ । नगरबस सञ्चालनमा आएपछि नगरपालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ। यो सेवाले यात्रुलाई सुरक्षित, सहज र किफायती यात्राको अवसर प्रदान गर्ने नगरपालिकाले जनाएको छ।

नगरबासीलाई के फाइदा ?

नगरबस सञ्चालन भएपछि दशरथचन्द नगरपालिकासम्म आउने-जाने यात्रुहरूलाई सहज र सुलभ यातायात सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। नगरपालिकाले सुरुमा मुख्य मार्गहरूमा बस सञ्चालन गर्ने र यात्रुको माग अनुसार सेवा विस्तार गरिने जनाएको छ ।

बस सेवा कस्तो हुनेछ ?

प्रारम्भिक रूपमा नगरबस नगरपालिका कार्यालय हुँदै प्रमुख मार्गहरूमा चल्ने

भाडादर : अझै टुंगो लाग्न बाँकी

दैनिक सेवा : बिहानदेखि बेलुका नियमित सञ्चालन सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्ने प्रतिबद्धता

नगरपालिकाले नगरबासीको सुझाव र आवश्यकतानुसार सेवा परिमार्जन गर्ने जनाएको छ। नगरबस सेवा भित्रिएपछि बैतडीका बासिन्दालाई सस्तो, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।