बैतडी : चट्याङ लागेर गोरखामा एक जनाको ज्यान गएको छ । सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको हो । हिजो बेलुका घरमा बसिरहेका बेला चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएका थियो । तर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

हरिशचन्द्र भाट

Leave a Reply