बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शिवनाथ गाउँपालिका समितिको सभापतिमा मोहनसिंह साउँद चयन भएका छन् ।

शिवनाथ गाउँपालिका वडा नं ३ साउँगडा बजारमा भएको भेलाले साउँदको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो ।

उक्त समितिको सचिवमा दशरथ महता चयन भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भीम नाथ, सुदूरपश्चिम प्रदेशका पूर्व महामन्त्री पारस बाहुन लगायतको उपस्थितीमा गाउँपालिका समिति गठन गरिएको रास्वपाका बैतडी उपसभापति हेमन्त ऐरले बताए ।

हरिशचन्द्र भाट

Leave a Reply