बुधबार · २१ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ ।
  • शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर  मृत्यु भएको हो ।
  • गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर  मृत्यु भएको हो ।

गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो ।

विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते हुनुभएको  थियो । उहाँलाई नजिकैको गोकुलेश्वर अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।

बस र चालक अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।