बैतडी : बैतडीको मेलौलीमा हुन गइरहेको वडास्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन लागेको सुर्नया गाउँपालिका–४ को भलिबल टोलीलाई मलेसियामा रोजगारीको सिलसिलामा रहेका सुर्नया–४, बिकुली घर भएका युवा विनोदबहादुर कुवँरले ९ थान जर्सी सहयोग गरेका छन्।
विदेशमा रहेर पनि आफ्नो गाउँठाउँको खेलकुद क्षेत्रप्रति चासो राख्दै कुवँरले प्रतियोगितामा सहभागी वडा नम्बर ४ को टोलीका खेलाडीहरूका लागि जर्सी उपलब्ध गराएको बिनोद बहादुर कुवँर ले बताए।
जर्सी सहयोगप्रति सुर्नया–४ का खेलाडी राजेन्द्र भाटले विनोदबहादुर कुवँरलाई धन्यवाद व्यक्त गरेका छन्। उनले विदेशमा रहेर पनि आफ्नो गाउँको खेलकुद र खेलाडीलाई सम्झेर गरेको सहयोगले टोलीका खेलाडीहरूलाई थप उत्साह र हौसला मिलेको बताएका छन्।
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा कात्तिक १३ गतेदेखि १६ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ।







पाठक प्रतिक्रिया ०