बैतडी । बैतडीका ग्रामीण क्षेत्रमा यतिबेला पाकेको मकै भित्र्याउने चटारो छ। किसानहरू बिहानैदेखि खेतबारीमा पुगेर मकै टिप्ने, डोकोमा बोकेर घर ल्याउने र सुकाउने काममा व्यस्त छन्।
जिल्लाका विभिन्न ठाउँमा मकै प्रमुख खाद्यान्न बालीका रूपमा खेती गरिँदै आएको छ। कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लामा १३ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको छ।
मकै भित्र्याउने चटारोसँगै बैतडीका गाउँघरमा किसानको व्यस्तता बढेको छ। खेतबारीदेखि घरआँगनसम्म मकै सुकाउने र भण्डारण गर्ने दृश्य देखिन थालेका छन्।












प्रतिक्रिया ०
सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।