शुक्रबार · ६ कात्तिक २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शुक्रबार ६ कात्तिक २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीसहित ४४ जिल्लामा महालेखापरीक्षकको स्थलगत लेखापरीक्षण,सुझाव तथा गुनासो संकलन गरिँदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक लेखापरीक्षण योजना तथा लेखापरीक्षण नीति अनुसार पहिलो चरणमा ४४ जिल्लामा स्थलगत लेखापरीक्षण गरिरहेको जनाएको छ।
  • कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार पहिलो चरणमा हुने लेखापरीक्षणका जिल्लाको सूचीमा बैतडी पनि परेको छ।
  • लेखापरीक्षणका क्रममा सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल र अन्तरक्रिया गरी लेखापरीक्षणमा सहयोग पुग्ने सुझाव तथा प्राप्त गुनासोको सम्बोधन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने भएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक लेखापरीक्षण योजना तथा लेखापरीक्षण नीति अनुसार पहिलो चरणमा ४४ जिल्लामा स्थलगत लेखापरीक्षण गरिरहेको जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार पहिलो चरणमा हुने लेखापरीक्षणका जिल्लाको सूचीमा बैतडी पनि परेको छ। लेखापरीक्षणका क्रममा सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल र अन्तरक्रिया गरी लेखापरीक्षणमा सहयोग पुग्ने सुझाव तथा प्राप्त गुनासोको सम्बोधन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने भएको छ।

महालेखापरीक्षकको कार्यालयका अनुसार ‘लेखापरीक्षण बेरुजु तथा सम्परीक्षण सम्बन्धमा सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया’ कार्यक्रम २०८३ भदौ २५ गते बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रम भर्चुअल माध्यम (जुम) बाट हुने सूचनामा उल्लेख छ।

पहिलो चरणमा लेखापरीक्षण हुने जिल्लाहरूमा ताप्लेजुङदेखि बैतडीसम्मका विभिन्न जिल्ला समेटिएका छन्। सूचीमा बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ, डोटी, अछामलगायत सुदूरपश्चिमका जिल्लाहरू पनि रहेका छन्।

महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा देखिएका बेरुजु, सम्परीक्षण तथा अन्य विषयमा सरोकारवालाको सुझाव र गुनासोलाई समेत सम्बोधन गर्ने जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।