सोमबार · १९ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

दाइजो विवादका कारण महोत्तरीमा १८ वर्षीया साहको हत्या

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी – पिपरा गाउँपालिका–६, रतौलीकी १८ वर्षीया ज्योती साहको दाइजो विवादका कारण हत्या भएको आशंकामा परिवारले गम्भीर आरोप लगाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
  • सात महिनाअघि जनकपुरधाम उपमहानगरपालिका–१३ का किसन साहसँग ज्योतीको विवाह भएको थियो।
  • विवाहका बेला मोटरसाइकल दाइजो दिने सहमति गरेको भए पनि समयमा नपाउँदा उनीमाथि मानसिक र शारीरिक यातना सुरु भएको माइती पक्षको दाबी छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी – पिपरा गाउँपालिका–६, रतौलीकी १८ वर्षीया ज्योती साहको दाइजो विवादका कारण हत्या भएको आशंकामा परिवारले गम्भीर आरोप लगाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

सात महिनाअघि जनकपुरधाम उपमहानगरपालिका–१३ का किसन साहसँग ज्योतीको विवाह भएको थियो। विवाहका बेला मोटरसाइकल दाइजो दिने सहमति गरेको भए पनि समयमा नपाउँदा उनीमाथि मानसिक र शारीरिक यातना सुरु भएको माइती पक्षको दाबी छ।

गत सोमबार श्रीमानको घरएकी ज्योतीको शव जनकपुरको प्रादेशिक अस्पतालमा भेटिएको थियो।
शवमा चोटपटक, भाँचिएको हात, र कनपटीमा गम्भीर चोटका निशान देखिएका छन् । परिवारजनले ज्योतीलाई हत्या गरेर झुन्ड्याइएको दाबी गरेका छन्।

माइती पक्षका अनुसार ज्योती गर्भवती थिइन्। उनको गर्भावस्थाका कारण दाइजो विवाद झन् तनावपूर्ण बनेको र यसले घटनालाई थप संवेदनशील बनाएको परिवारको भनाइ छ।

घटनाको सम्बन्धमा धनुषा प्रहरीले ज्योतीका श्रीमान् किसन साहलाई पक्राउ गरेको छ। सासुलाई पनि पक्राउ गरिएतापनि वडाध्यक्षको जमानतमा उनलाई रिहा गरिएको छ।

धनुषा प्रहरीले घटनाबारे विस्तृत धारणा दिन अस्वीकार गरेको छ। ससुरा पक्षले पनि घटनालाई ढाकछोप गर्न खोजेको माइती पक्षले आरोप लगाएको छ।
यो घटना दाइजो प्रथाको भयावह रूप हो। विवाहका समयमा सम्पत्ति, गाडी वा अन्य सामग्री माग गर्ने चलनले नारीमाथि हुने हिंसाको रूप लिएको छ।

समाजमा दाइजो प्रथाको अन्त्यका लागि कानूनी र सामाजिक चेतनाको आवश्यकता रहेको देखिन्छ।
ज्योतीका परिवारले दोषीलाई कडा कानूनी सजाय दिई मृतकका लागि न्याय सुनिश्चित गर्न माग गरेका छन्। समाजमा यस्ता घटनाको पुनरावृत्ति रोक्न दाइजो प्रथाविरुद्ध सशक्त कदम चाल्नुपर्ने आवश्यकता पनि देखिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।