काठमाण्डौ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान तथा पूर्वमुख्य प्रशिक्षक मिस्बाह उल हकलाई प्रशिक्षकका रूपमा आबद्ध गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा सम्मानित व्यक्तित्वका रूपमा परिचित मिस्बाह पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्। उनले खेलाडी तथा प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका छन्।
सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमार्फत मिस्बाहलाई रोयल्स परिवारमा स्वागत गरेको जनाएको छ। उनको अनुभव र नेतृत्वले टोलीको प्रदर्शनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले उपाधि जित्ने लक्ष्यसहित तयारीलाई अगाडि बढाइरहेको छ।







पाठक प्रतिक्रिया ०