बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिएका छन् ।
जिपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार जिप टोलीसहित टेलिकमको टावर मर्मतका लागि सदरमुकामबाट जगन्नाथ गाउँपालिकातर्फ जाँदै गर्दा काँडाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बाजुरामा नेपाल टेलिकमका कर्मचारी सवार जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बाजुरा ।
- बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ ।
- नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो ।दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिएका छन् ।जिपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०