बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक गणेश महराको मृत्यु प्रकरणको छानबिनको माग गर्दै किटानी जाहेरी परेको छ ।
मृतकक महराका छोरा कृष्णले स्थानीय नरेन्द्र महराको नाममा किटानी जाहेरी दिएका छन् । नरेन्द्रले मृतक गणेशको घाटीमा समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर घाइते बनाएको जाहेरीमा उल्लेख छ ।
अर्का स्थानीय दान सिंह महरा र कमल सिंह महरालाई पनि झिकाएर अनुसन्धान गरिनुपर्ने जाहेरीमा उल्लेख छ ।
यही बैसाख २ गते घर नजिकै सडकमा लडेर घाइते भएको भन्दै ११ दिनपछि बैसाख १३ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अस्पतालले अक्सिजनसहित सोमबार घर पठाएको र मंगलबार महराको मृत्यु भएको आफन्तले बताएका छन् ।
घटना संकास्पद रहेको भन्दै शवको पोष्टमाटन गरी अनुसन्धान गरिनुपर्ने आफन्तले माग गरेका छन् । शव २ दिनदेखि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
चालक गणेश महरा मृत्यु प्रकरण,छानबिनको माग गर्दै किटानी जाहेरी
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक गणेश महराको मृत्यु प्रकरणको छानबिनको माग गर्दै किटानी जाहेरी परेको छ ।मृतकक महराका छोरा कृष्णले स्थानीय नरेन्द्र महराको नाममा किटानी जाहेरी दिएका छन् ।
- नरेन्द्रले मृतक गणेशको घाटीमा समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर घाइते बनाएको जाहेरीमा उल्लेख छ ।अर्का स्थानीय दान सिंह महरा र कमल सिंह महरालाई पनि झिकाएर अनुसन्धान गरिनुपर्ने जाहेरीमा उल्लेख छ ।यही बैसाख २ गते घर नजिकै सडकमा लडेर घाइते भएको भन्दै ११ दिनपछि बैसाख १३ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
- उपचारकै क्रममा अस्पतालले अक्सिजनसहित सोमबार घर पठाएको र मंगलबार महराको मृत्यु भएको आफन्तले बताएका छन् ।घटना संकास्पद रहेको भन्दै शवको पोष्टमाटन गरी अनुसन्धान गरिनुपर्ने आफन्तले माग गरेका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०