बुधबार · २१ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

श्रीमती माथि कुटपिट गरि श्रीमान फरार

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् ।
  • गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ ।
  • जैशीलाई कारवाहीको माग गर्दै उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दिएकी थिइन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् । गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ ।

जैशीलाई कारवाहीको माग गर्दै उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दिएकी थिइन् ।

प्रहरीले पटक–पटक छलफलका लागि बोलाउँदा समेत उनी नआएपछि उनकी श्रीमती केही महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय समेत पुगेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमानले आफूमाथि पटक-पटक कुटपिट गरि घरेलु हिंसा गर्ने गरेकाले पक्राउ गरेर कारवाही गर्न माग गरेकी छन् ।

श्रीमानले आफूलाई बारम्बार कुटपिट गर्ने तथा शारीरिक यातना दिने गरेको बताउँदै उनले सहन नसकेर प्रहरीमा आएको बताएकी छन् । प्रहरीले उनलाई किटानी जाहेरी ल्याएर आउन सुझाव दिएको जनाएको छ ।

श्रीमती जिल्ला प्रहरी कार्यालय पुगेको थाहा पाएपछि उनका श्रीमान भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।