बैतडी : आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले पनि जिल्ला कारागार बैतडीका कैदिवन्दीहरुलाई ज्ञानवर्धक पुस्तक वितरण गर्नुका साथै सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर दिवस मनाएको छ ।
भागवत गीता, चारवटै वेदको नेपाली सारासं, चाणक्य नीति लगायतका धार्मिक तथा अन्य ज्ञानवर्धक उपन्यास तथा जिवनीसम्बन्धि पुस्तकहरु वितरण गर्दै प्रेस स्वतन्त्रता दिवस मनाईएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नरी बडुले बताउनुभयो । उहाँका अनुसार कारागार तथा कैदिवन्दीका समस्या तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारेमा समेत अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।
जिल्ला कारागार बैतडीका चौकीदार गणेशसिंह ऐरीले राखेका समस्या तथा मागहरुको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले उक्त मागहरुको सम्वोधन गरिने बताउनुभयो । जिल्ला कारागारमा खानेपानीको अपर्याप्ततालाई छिटै हल गरिने उहाँको भनाई थियो ।






