बैतडी:धनगढीमा आफैले पालेको रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ ।

धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरीलाई घरमा पालेको रागोँले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीलाई रागोँले हानेपछि उनको गुप्ताङ्ग र शरीरका अन्य भागमा गम्भीर चोट लागेको बताए ।
उनको निसर्ग हस्पिटलमा आईसीयूमा राखेर उपचार भइरहेको डीएसपी बोहराले बताए ।

हरिशचन्द्र भाट

Leave a Reply