बिहीबार · २२ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अफ्गानिस्तानको नेपाल सामु मध्यम चुनौती

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो।
  • आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे।
  • अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे।

अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट गुमाइसकेको थियो। ओपनर खालिद अमदाजी १० रनमा सन्तोष यादवको बलमा आउट भए।

त्यसपछि फैजल सिनोजादा बिना कुनै रन, उजैरुला नियाजाई १९ रनमा र बर्कत इब्राहिमजाई रनको खाता नखोली आउट भए।

कप्तान मेहबुब खान मात्र क्रिजमा टिके। अन्यले उनलाई साथ दिन समेत सकेनन्। रोउल्लाह अरबले २७ रन बनाए। मेहबुबले अर्धशतकीय पारी खेले।

उनले १ सय १४ बल खेल्दै १ चौका प्रहार गर्दै ५८ रन जोडे। उनी नै अफगानिस्तानको लागि सर्वाधिक रन बनाउने खेलाडी बने। उनलाई अभिषेक तिवारीले आउट गरे।

बलिङमा सन्तोष यादवले १० ओभरमा १ मेडन सहित २३ रन दिएर ३ विकेट लिए। यस्तै सिब्रिन श्रेष्ठले २ विकरट लिए।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।