बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे।

अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट गुमाइसकेको थियो। ओपनर खालिद अमदाजी १० रनमा सन्तोष यादवको बलमा आउट भए।

त्यसपछि फैजल सिनोजादा बिना कुनै रन, उजैरुला नियाजाई १९ रनमा र बर्कत इब्राहिमजाई रनको खाता नखोली आउट भए।

कप्तान मेहबुब खान मात्र क्रिजमा टिके। अन्यले उनलाई साथ दिन समेत सकेनन्। रोउल्लाह अरबले २७ रन बनाए। मेहबुबले अर्धशतकीय पारी खेले।

उनले १ सय १४ बल खेल्दै १ चौका प्रहार गर्दै ५८ रन जोडे। उनी नै अफगानिस्तानको लागि सर्वाधिक रन बनाउने खेलाडी बने। उनलाई अभिषेक तिवारीले आउट गरे।

बलिङमा सन्तोष यादवले १० ओभरमा १ मेडन सहित २३ रन दिएर ३ विकेट लिए। यस्तै सिब्रिन श्रेष्ठले २ विकरट लिए।

हरिशचन्द्र भाट

Leave a Reply