बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ । 

उक्त मन्दिरमा हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको छ । प्रतिपदादेखि पूजाआजा शुरु भइ चैत्राष्टमीका दिन पशु बलिसहित जात्रा सम्पन्न हुने गरेको बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा १ सय ६८ राँगा र झण्डै २ सय बोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको जात्रामा राँगा र बोकाको बलि दिने प्रचलन रही आएको छ । 

हरिशचन्द्र भाट

Leave a Reply