बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडास्थित श्री उदयदेव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा राजेश साउद (कैलाश) सर्वसम्मत चयन भएका छन्।
विद्यालयमा आज आयोजित अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको हो। भेलाले साउदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको विद्यालयले जनाएको छ।
नवनिर्वाचित समितिको सदस्यमा वीरेन्द्रबहादुर चन्द, पदेन सदस्यमा सुर्नया गाउँपालिका–४ का वडाध्यक्ष प्रताप महरा, सदस्यमा राजमती महरा साउद, चन्नरा दमाई, शिक्षक प्रतिनिधि सदस्यमा रामबहादुर महरा तथा सदस्य–सचिवमा प्रधानाध्यापक वीरसिंह साउद रहेका छन्।







पाठक प्रतिक्रिया ०